Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • जङ्गली च्याउ खाँदा एकै परिवारका पाँच बिरामी, दुई जनाको अवस्था गम्भिर

    जङ्गली च्याउ खाँदा एकै परिवारका पाँच बिरामी, दुई जनाको अवस्था गम्भिर

    अनलाइन नेपाल
  • बुधबार, २९ असार २०७९
  • 1.3K
    SHARES

    फाइल तस्विर

    रुकुम पश्चिम । रुकुम पश्चिममा जङ्गली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका छन् ।

    जिल्लाको बाँफिकोट गाउँपालिका ७ मग्मा नदुवाका आशिराम खत्रीसहित पाँच जना बिरामी भएका हुन् ।



    जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आशिरामले मङ्गलवार बेलुका जङ्गलबाट ल्याएको च्याउ खाँदा पाँच जना बिरामी भएका हुन् ।



    आशिराम खत्रीसहित उनकी श्रीमती कुमारी, छोरा शेरबहादुर, छोरी धनमाया र भान्जा निमबहादुर खत्री विरामी भएको प्रहरीले जनाएको छ । बिरामी पाँचै जनालाई बुधवार बिहान जिल्ला अस्पताल सल्लेमा उपचारका लागि ल्याइएको छ ।

    घाइतेमध्ये आशिराम उनकी छोरी धनमाया बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । अन्य तीन जना भने सामान्य अवस्थामा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार