Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • जङ्गली च्याउ खाँदा एकै घरका पाँच जना बिरामी

    जङ्गली च्याउ खाँदा एकै घरका पाँच जना बिरामी

    अनलाइन नेपाल
  • सोमबार, ९ साउन २०७९
  • 876
    SHARES

    फाइल तस्विर

    जुम्ला । जङ्गली च्याउ खाँदा एकै घरका पाँच जना बिरामी परेका छन् ।

    तिला गाउँपालिका–४ नुवाकोट गाउँका लक्ष्मीबहादुर हमालका परिवारका पाँच जना बिरामी भएका हुन् ।



    बिरामी पर्नेमा लक्ष्मीबहादुर हमाल, उनकी पत्नी राममाया हमाल, छोरीहरू दर्शना हमाल र सम्झौता हमालका साथै उनको घरमा कामको सिलसिलामा बस्दै आएका चन्दननाथ नगरपालिका ९ रोकायाबाडाका लालबहादुर रोकाया रहेका छन् ।



    हमाल परिवारले आइतबार साँझ जङ्गलबाट ल्याएको च्याउको तरकारी पकाएर खाएका थिए । उनीहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार