Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जसपा ‍‌‍औपचारिक फुट नजिक, यादव र भट्टराईले बोलाए छुट्टा-छुट्टै बैठक

काठमाडौं । जसपा केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले छुट्टा-छुट्टै केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

यादवले असार २९ र ३० गते वीरगन्जमा, भट्टराई पक्षले असार २८ र २९ मा काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका हुन् ।

यादव समूहका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीद्वारा शुक्रबार जारी गरिएको वक्तव्यमा असार २९ र ३० गते वीरगन्जमा बैठक डाकिएको जनाइको थियो। बैठकमा पार्टीको आन्तरिक विषय, चुनावी समीक्षा र आगामी योजनाबारे छलफल हुने बाबुरामनिकट नेता विश्वदीप पाण्डेले बताए।

अध्यक्षद्वयबीच पार्टीबाट अलग हुने सहमति बनिसकेपछि पनि उपेन्द्र पक्षले काठमाडौंमा बोलाएको बैठक आधिकारिक नभएको भन्दै सर्कुलर जारी गरेको छ। विभाजनको मुखमा रहेको बेलामा पार्टीमा बहुमत पुर्याउन यही बैठकले निर्धारण गर्ने नेताहरुको बुझाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077