Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपा : बाबुराम पक्षको केन्द्रीय समिति बैठक असार २८ र २९ गते

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (बाबुराम पक्ष) को केन्द्रीय समितिको विस्तारित बैठक असार २८ र २९ गते बैठक बस्ने तय भएको छ ।

यसअघि २९ र ३० गते बस्ने तय भएको बैठक एक दिन अघि नै सारिएको हो ।

जसपा (उपेन्द्र यादव पक्ष)ले सुरुमा २७ र २८ गते केन्द्रीय समितिको बैठक वीरगञ्जमा गर्ने घोषणा गरेको थियो ।

त्यसपछि जसपा (बाबुराम पक्ष)ले काठमाडौँमा २९ र ३० गते केन्द्रीय समितिको विस्तारित बैठक बस्ने घोषणा गर्यो ।

त्यसपछि जसपा (उपेन्द्र यादव पक्ष)ले पनि बकर इदको कारण देखाउँदै बैठकको मिति सारेर २९ र ३० गते पुर्याएको छ ।

त्यसपछि जसपा (बाबुराम पक्ष)) ले पनि बैठकलाई एक दिन पछाडि सारेर २८ र २९ गते बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077