Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

काँग्रेसले भ्रातृ र शुभेच्छुक संस्थाको विधानको मस्यौदा टुंगो लगायो

काठमाडौं । नेपाली काँग्रेसले भ्रातृ र शुभेच्छुक संस्थाको विधानको मस्यौदा टुंगो लगाएको छ ।

आइतबार काँग्रेस पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकले भ्रातृ र शुभेच्छुक संस्थाको विधानको मस्यौदा टुंग्याएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

काँग्रेसमा १३ वटा भ्रातृ र १९ वटा शुभेच्छुक संस्था रहेका छन् । जसमा केही थपघट हुने गरी मंस्यौदा तयार गरिएको बताइएको छ ।

यस्तै सोमबारको केन्द्रीय समितिको तयारीका लागि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँग थप छलफल गरिने भएको छ।

त्यसका लागि प्रधानमन्त्री निवास बालुवाटारमा देउवासँग आजै छलफल हुने महतले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077