Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दक्षिण अफ्रिकामा गोलीकाण्ड : जोहानेसबर्ग बारमा १४ जनाको मृत्यु

एजेन्सी । दक्षिण अफ्रिकी शहर जोहानेसबर्ग नजिकै रहेको सोवेटो टाउनसिपमा रहेको एउटा बारमा भएको गोलीकाण्डमा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

शनिबार–आइतबारको मध्यरात घटना भएको र बिहान प्रहरीलाई खबर गरिएको प्रहरीले बताएको छ ।

प्रहरी त्यहाँ पुग्दा १२ जनाको मृत्यु भइसकेको थियो । अस्पताल लगिएको ११ जनामध्ये थप २ जनाको मृत्यु भएको थियो ।

घटनास्थलमा भेटिएको गोलीका अवशेषले आक्रमणकारी भीडमै रहेको देखाएको प्रहरी अधिकृत इलियास मावेलाले बताए । अहिले प्रहरीले सम्पूर्ण क्षेत्र सिल गरेर घटनाको अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077