काठमाडौं । सोमवार बिहान मुलुकभर आंशिकदेखि सामान्य बदली रहेको छ ।
अहिले मुलुकमा मनसुनी वायुको सामान्य प्रभाव रहेको समेत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बाग्मती तथा कर्णाली प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
हाल देशभर आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।
यसैगरी, मौसम विभागले देशको पहाडी भूभागका केही स्थानहरुमा र बाँकी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र सुदूरपश्चिम, लुम्बिनी, कर्णाली तथा बाग्मती प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले सर्तकता अपनाउन अनुरोध गरिएको छ ।