Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

नागरिकता विधेयकबारे गृहमन्त्री खाँण र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल

काठमाडौं । सरकारले संसदमा पेस गरेको नागरिकता विधेयकबारे गृहमन्त्री बालकृष्ण खाँण र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।

सोमबार बिहान दाहाल निवास खुमलटारमा भएको भेटमा नागरिकता विधेयकबारे छलफल भएको हो । सरकारले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साल साउन २२ गते प्रतिनिधि सभामा दर्ता गरेको थियो ।

राज्य व्यवस्था समितिले २०७७ असार ९ गते प्रतिवेदनसहित प्रतिनिधि सभामा पेस गरेको थियो । सरकारले त्यो प्रतिवेदन असार २४ गते फिर्ता लिएर त्यसै दिन अर्को विधेयक संसद् सचिवालयमा पेस गरेको छ ।

सोही विधेयकमा सहमति जुटाउनका लागि सरकारका तर्फबाट विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटघाट गर्ने क्रममा आज माओवादी अध्यक्ष प्रचण्डसँग भेटघाट गरेको मन्त्री खाँणको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077