Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

निर्वाचनमा आफूहरु एक्लै प्रतिस्पर्धामा उत्रिनुपर्ने एमालेको निष्कर्ष

काठमाडौं । नेकपा एमालेले आगामी संघ र प्रदेशको निर्वाचनमा पनि सत्तारुढ दलहरुको गठबन्धन कायम रहन सक्ने र आफूहरु एक्लै प्रतिस्पर्धामा उत्रिनुपर्ने निष्कर्ष निकालेको छ ।

एमालेले आइतबार अन्तर पार्टी निर्देशन जारी गर्दै गठबन्धन भए पनि त्यसको भयबाट मुक्त हुन नेता कार्यकर्ताहरुलाई आग्रह गरेको छ ।

‘गठबन्धनवालाहरुले स्थानीय चुनावमा पारस्परिक लाभ भएको महसुस गरेसम्म गठबन्धन कायम रहन सक्छ । हाम्रो तयारी यस्तो अवस्थामा एक्लै लड्ने र जित्ने हिसाबको हुनुपर्छ’ अपानिमा भनिएको छ, ‘ हामीसँग सही नीति र कार्यक्रम छन्, त्यसैले एक्लै लड्ने र पराजित गर्ने सामथ्र्य राख्छौं भन्ने आत्मविश्वास जगाउने ।’

पार्टीलाई जितका लागि १६ प्रतिशत मत अपुग हुने भन्दै एमालेले सो मत नयाँ पुस्ताबाट पूरा गर्न सक्ने पनि बताएको छ । एमालेले निर्वाचन क्षेत्रमा जित सुनिश्चित गर्न पार्टी प्रवेशका ठोस कार्यक्रम र योजना बनाउन पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077