Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमालेले उद्यमी, व्यवसायी पार्टी सदस्यसँग मासिक पाँच हजार उठाउने

काठमाडौं । नेकपा एमालेले उद्यमी, व्यवसायी पार्टी सदस्यसँग मासिक पाँच हजार उठाउने भएको छ ।

आइतबार जारी अन्तरपार्टी निर्देशिका (अपानि–४) अनुसार, पाँच हजार व्यक्तिसँग मासिक हजार हजार संकलन गर्ने प्रस्ताव गरिएको छ ।

यो अभियानको नाम ‘पाँच हजारबाट पाँच हजार अभियान’ प्रस्ताव गरिएको छ ।

‘यो प्रस्ताव उद्यमी, व्यवसायी र उच्च आय भएका प्रोफेसनल पार्टी सदस्यद्वारा नियमित हरेक महिना रु.५ हजारका दरले विशेष आर्थिक योगदान गर्ने प्रस्ताव हो’, अपानिमा उल्लेख छ ।

पार्टी एपमार्फत् भुक्तानी गर्न सकिने व्यवस्था गरिएको अपानिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077