Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एमालेले उद्यमी, व्यवसायी पार्टी सदस्यसँग मासिक पाँच हजार उठाउने

    एमालेले उद्यमी, व्यवसायी पार्टी सदस्यसँग मासिक पाँच हजार उठाउने

    अनलाइन नेपाल
  • सोमबार, २७ असार २०७९
  • 747
    SHARES

    काठमाडौं । नेकपा एमालेले उद्यमी, व्यवसायी पार्टी सदस्यसँग मासिक पाँच हजार उठाउने भएको छ ।

    आइतबार जारी अन्तरपार्टी निर्देशिका (अपानि–४) अनुसार, पाँच हजार व्यक्तिसँग मासिक हजार हजार संकलन गर्ने प्रस्ताव गरिएको छ ।



    यो अभियानको नाम ‘पाँच हजारबाट पाँच हजार अभियान’ प्रस्ताव गरिएको छ ।



    ‘यो प्रस्ताव उद्यमी, व्यवसायी र उच्च आय भएका प्रोफेसनल पार्टी सदस्यद्वारा नियमित हरेक महिना रु.५ हजारका दरले विशेष आर्थिक योगदान गर्ने प्रस्ताव हो’, अपानिमा उल्लेख छ ।

    पार्टी एपमार्फत् भुक्तानी गर्न सकिने व्यवस्था गरिएको अपानिमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार