Jul 19 2026 | २०८३, श्रावण ३ गते

19 Jul 2026 | आइतवार, श्रावण ३ गते २०८३

आइतवार, श्रावण ३ गते २०८३
images
images

फोहोरमैला व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले नेतृत्व लिनुपर्ने

काठमाडौं। काठमाडौं उपत्यकाका स्थानीय तहका जनप्रतिनिधिहरुले फोहोरमैलाको दिगो व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले नेतृत्व लिनुपर्ने बताएका छन् ।

राष्ट्रियसभा गृहमा सोमबार बसेको उपत्यकाका स्थानीय तहका प्रमुखहरु सहभागी संयुक्त बैठकमा उनीहरुले फोहोर व्यवस्थापन लगायत अन्य साझा समस्याको दिगो व्यवस्थापन गर्न काठमाडौं महानगरले नेतृत्व लिनुपर्ने प्रस्ताव राखेका हुन् ।

ट्राफिक व्यवस्थापन, खानेपानी र ढल निकास जस्ता समस्याको विषययहरुमा संयुक्त समाधान आवश्यक रहेको भन्दै उनीहरुले यसका लागि सघाउन आफूहरु तयार रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077