Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

धोवीखोलामा फोहोर फाल्ने वेष्ट सोलुसनलाई २५ हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले धोवीखोलामा फोहोर फाल्ने कम्पनीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

महानगरपालिका ९ को प्राक्टिकल वेष्ट सोलुसन प्रालिलाई महानगरले नियमविपरित खोलामा फोहोर फालेको भन्दै प्रशासनिक जरिवाना स्वरुप २५ हजार रुपैयाँ तिराएको मेयर बालेन्द साहले जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जालमा चर्चा भएपछि अनुसन्धान गरेर कारबाही गरेको बताए ।

प्राक्टिकल वेष्ट सोलुसन प्रालिले ‌घरघरबाट स‌ँकलन गरेको फोहोर धोबीखोलामा ल्याएर फालेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077