Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • मेडिकल माफियाको स्वार्थका कारण वीर अस्पतालको क्याथ ल्याब खरिद अलपत्र

    मेडिकल माफियाको स्वार्थका कारण वीर अस्पतालको क्याथ ल्याब खरिद अलपत्र

    अनलाइन नेपाल
  • सोमबार, २७ असार २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले खरिद गर्न लागेको अत्याधुनिक क्याथ ल्याब विवादमा परेको छ । मेडिकल माफियाको रुपमा परिचित विशाल पण्डितका कारण उक्त क्याथ ल्याब खरिदमा विवाद उत्पन्न भएको हो ।

    क्याथ ल्याब खरिदका लागि भन्दै तीनवटा कम्पनी टेण्डरमा सहभागी भएका छन् । हस्पिटेक इन्टरप्राइजेज, ईस्ट वेस्ट र ग्लोबल मेडिटेकले टेण्डर विड गरेका थिए ।



    जसमा मेडिटेकले जापानीज रुपैयाँ १९ करोड ९८ लाख, इस्ट वेस्टले ७ लाख ३३ हजार ९ सय युरो र हस्पिटेकले ८ लाख युएस डलरमा टेन्डर हालेका थिए । तीन कम्पनीमध्ये टेन्डर खोलेको दिन अन्तर्राष्ट्रिय डलरको मूल्य अनुसार इस्ट वेस्टले अन्य दुईवटा कम्पनीको भन्दा सस्तो रेट राखेको पुष्टि भएको थियो ।



    नेपाली रुपैयाँ अनुसार इस्ट वेस्टले ९ करोड ७८ लाख र हस्पिटेकले ९ करोड ९४ लाखमा टेण्डर हालेको थियो । नियम अनुसार न्याम्सले पनि इस्ट वेस्टलाई नै टेण्डर परेको सूचना प्रकाशित गर्यो ।

    तर, १६ लाख मूल्य बढी राखेका विशाल पण्डितले टेण्डर आफूले पाउनु पर्ने भन्दै अस्पताल र सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी दिएर खरिद प्रक्रियालाई नै विवादमा पुर्याएका छन् । पण्डितकै कारण अत्यावश्यक क्याथ ल्याब आयात रोकिएको छ ।

    अस्पतालले क्याथ ल्याब खरिदका लागि ९ करोड ९० लाखको अनुमान गरेर टेन्डर खुलाएको थियो । तर, पण्डितले भने स्टिमेट भन्दा ४ लाख बढी रकममा टेण्डर हालेका थिए । वर्षौंदेखि सेटिङ मिलाएर स्वास्थ्यमा एकछत्र राज गर्दै आएका पण्डित अहिले भने फेल खाएका छन् । लागत अनुमान भन्दा बढी मुल्यको टेण्डर हालेका पण्डित आफूले नपाएपछि त्यसलाई रोक्न लागि परेका छन् ।

    वीर अस्पतालको तथ्यांक हेर्ने हो भने दैनिक चार सय बढी मुटु रोगका बिरामी ओपिडिमा सेवा लिन आउने गरेका छन् । जसमध्ये २० देखि २५ जना बिरामीका लागि दैनिक क्याथ ल्याब सेवा आवश्यक परेको रेकर्ड छ । तर, उनै ‘पण्डितकै कारण विरामीहरु यो सेवा पाउनबाट बञ्चित भएको वीरकै कर्मचारीहरु बताउँछन् ।

    टेण्डरमा भ्याटसहितको रकम उल्लेख गरेका पण्डितले डकुमेन्ट समेत हातले लेखेर बनाएका छन् । जबकी नियम अनुसार हातले लेखेर तयार पारेको डकुमेन्ट मान्य हुँदैन ।

    पण्डितले उजुरीमा भ्याट नजोड्दा आफूले हालेको टेण्डरको मूल्य अन्य कम्पनीको भन्दा सस्तो हुने भन्दै आफूले टेण्डर पाउनुपर्ने माग गरेका छन् ।

    तर, टेण्डरमा छानिएको इस्ट वेस्ट कन्सर्नले भने भ्याट नखुलाइ ९ करोड ७८ लाख हालेको छ । बाहिरबाट सीधै खरिद गर्दा भ्याट लाग्दैन । पण्डितले भने आधा भ्याट लाग्ने र आधा नलाग्ने भन्दै डकुमेन्ट पेश गरेका छन् । जुन किर्ते भएको वीर अस्पतालका एक कर्मचारीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार