Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

विश्वकप क्रिकेट लिग–२ : नेपाललाई नामिबियाले दियो २२१ रनको लक्ष्य, सन्दीपले लिए ४ विकेट

काठमाडौं । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिवियाविरुद्ध खेलिरहेको नेपालले २२१ रनको लक्ष्य पाएको छ।

स्कटल्यान्डको क्याम्बुस्दुन न्यू ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४७.३ ओभरमा सबै विकेटको क्षतिमा दुई सय २० रनमा समेटियो । बनाएको छ । नामिबियाका लागि जान निकोलले सर्वाधिक ६० रन बनाए ।

डिभान ल कोकले ४१, जेर्हाल्ड इरासमुसले २२, क्रिग विलियस्मले २१, लोहान्ड्रे लवरेन्स र डेविड विसले १८÷१८ तथा जेजे स्मिथले १७ रन बनाए ।

बलिङमा नेपालका कप्तान सन्दीप लामिछानेले चार विकेट लिए । यस्तै सोमपाल कामीले दुई तथा करण केसी, बसिर अहमेद र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।

नेपाल, नामाबिया र आयोजक स्कटल्यान्ड सम्मिलित सिरिजमा नेपालले दोस्रो खेल स्कटल्यान्डविरुद्ध जुलाई १३, तेस्रो खेल नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेल स्कटल्यान्डविरुद्ध जुलाई १७ मा खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077