Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

एमाले अध्यक्ष ओली र चिनियाँ कम्युनिष्ट नेता लिउबीच भेटवार्ता

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

आज बिहान लिउ नेतृत्वको प्रतिनिधिमण्डल ओली निवास बालकोट पुगेर भेटवार्ता गरेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका हुन्। भेटमा दुई देशको सम्बन्ध, चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका कम्युनिष्ट पार्टीबीचको मित्रता लगायतका बारेमा छलफल भएको बताइएको छ।

लिउले आजै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसँग दिउँसो १ बजे भेट्ने कार्यक्रम छ। चार दिने भ्रमणका लागि नेपाल आएका लिउले पहिलो दिन आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डाक्टर नारायण खड्कासँग भेट गरेका थिए।

दोस्रो दिन उनले सोमबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए। लिउ ६ सदस्यीय टेलीको नेतृत्व गर्दै आइतबार नेपाल आएका थिए। नेपालस्थित चिनियाँ दूतावासले उनको भ्रमणको संयोजन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077