Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाँच बुँदे माग लिएर महानगर पुगे फिल्मकर्मी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई कलाकर्मीले भेटका छन् ।

अशोक शर्माको नेतृत्वमा छलफलमा सहभागी फिल्मकर्मीले मेयर बालेनले यसअघि प्रतिबद्धता जनाएअनुसार मनोरञ्जन करमा २ प्रतिशत छुट दिनुपर्ने, प्रचारप्रसारका लागि डिजिटल बोर्डमा सघाउनुपर्ने र विद्यमान कल्याणकारी कोषको रकम वृद्धि गर्नुपर्ने माग राखे ।

अहिले महानगरले निश्चित स्थानमा मात्रै डिजिटल बोर्ड स्थापना गर्न अनुमति दिएको छ । जसले गर्दा फिल्मको प्रचारप्रसारमा समस्या भएको छ ।

फिल्मकर्मीले यसतर्फ सहजीकरण गर्न मेयर बालेनलाई आग्रह गरेको बैठकमा सहभागी अभिनेता तथा निर्देशक निर्मल शर्माले जानकारी दिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077