Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राप्रपाको वैधानिकतामा निर्वाचन आयोगको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विधानमाथि प्रश्न उठेको छ । राप्रपाले दल अद्यावधिकका लागि १० पुस २०७८ मा बुझाएको कागजात अध्ययन र जाँचबुझ गर्दा विभिन्न विषयमा स्पष्ट गर्नुपर्ने देखिएको भन्दै आयोगले सोमबार राप्रपालाई तीन दिनभित्र जवाफ पेस गर्न पत्र पठाएको छ ।

गत मंसिर १५–१८मा सम्पन्न महाधिवेशनले पारित गरेको भन्दा बेग्लै विधान निर्वाचन आयोगमा पेश भएको देखिएपछि नेता श्याम तिमल्सिनाले आयोगमा उजुरी दिएका हुन् ।

अध्यावधिकका लागि पेश भएका केही केन्द्रीय सदस्यहरु आयोगमा दर्ता रहेको अर्को दलको केन्द्रीय सदस्य रहेको देखिएको पनि आयोगले जनाएको छ। त्यस्ता केन्द्रीय सदस्यहरुको नामावली केन्द्रीय समिति सदस्यबाट हटाउन पनि आयोगले निर्देशन दिएको छ ।

गत मंसिरमा सम्पन्न महाधिवेशनबाट राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका थिए । तत्कालीन कमल थापालाई हराउँदै लिङ्देन अध्यक्षमा विजयी भएको करिब १ महिनापछि राप्रपाले विधान भने आयोगमा पुरानै बुझाएको पाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077