Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सर्लाही र रौतहटमा आगलागी, लाखौँको धनमाल जलेर नष्ट

    सर्लाही र रौतहटमा आगलागी, लाखौँको धनमाल जलेर नष्ट

    अनलाइन नेपाल
  • मंगलबार, २८ असार २०७९
  • 792
    SHARES

    सर्लाही । मधेश प्रदेशको छुट्टाछुट्टै ठाउँमा विद्युत् सर्ट भएर आगलागी हुँदा लाखौँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।

    सर्लाहीको हरिवन नगरपालिका वडा नम्वर २ पाकरगाछी स्थित दुई तल्ले काठको घरमा विद्युत सर्ट भई आगलागी भएको हो ।



    आगलागीबाट घरमा रहेको लत्ता कपडा, भाँडा वर्तन, फर्निचर अन्नपात लागायका समान लजेर २० लाख ९५ हजार मूल्य बराबको नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।



    यस्तै रौतहटमा विद्युत् सर्ट भएर एक घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्वर ६ कर्कच बस्ने वीरेन्द्र महतो कोइरीको घरमा मंगलबार बिहान ८ बजे आगलागी भएको हो ।

    आगलागीबाट घरमा रहेको लत्ताकपडा, अन्न, तथा घर समेत जलेर ६ लाख ८० हजार बराबरको क्षति भएको पीडित परिवारले जनाएको छ । प्रहरी टोली र स्थानीय मिलेर आगलागी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय देवाही गोनाहीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार