Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

काँग्रेसको केन्द्रीय समिति बैठक : पौडेलले राखे ५ बुँदे धारणा

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले ५ बुँदे धारणा राखेका छन् ।

उनले चुनावमा गठबन्धन बनाएर जाँदा नै पार्टीले बढीभन्दा बढी सिट सुरक्षित गर्नसक्नेसहितका ५ बुँदे धारणा राखेका हुन् ।

‘आगामी चुनावमा गठबन्धन गरेर जानुपर्छ । चितवनमा गठबन्धन गर्दा नै राम्रो परिणाम आयो । स्थानीय तह निर्वाचनले यही सन्देश दिएको छ’, पौडेलको भनाइ छ ।

यस्तै अर्थतन्त्र बिग्रिएको भन्दै पौडेलले यसका लागि विज्ञहरुसँग परामर्श गरेर सकारात्मक पहलकदमी लिन पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् । ‘अर्थतन्त्र बिग्रिँदै गएको अवस्था छ । अर्थ मन्त्रालयको नेतृत्व पनि प्रमले नै सम्हाल्नु भएको छ’, पौडेलले भने, ‘यो विषयमा प्रधानमन्त्रीजीले विज्ञहरुसँग सुझाव दिएर नीतिगत निर्णय लिनुपर्छ ।’

यस्तै पौडेलले तत्कालीन केपी ओली सरकारले आफू मातहत राखेका सम्पत्ति शुद्धीकरणअनुसन्धान विभागलगायत अहिले पनि प्रधानमन्त्री मातहत नै रहेको भन्दै त्यसलाई तत्काल सच्याइनुपर्नेमा जोड दिए ।

जुन विषय त्यतिबेला काँग्रेसले उठायो अझै पनि नसच्याइएको पौडेलको भनाइ थियो । ‘ओली सरकारले अधिनायकवाद लाद्यो भनेर हामीले जेजे भनेका थियौँ । ती कुराहरु अहिले पनि निरन्तरता भएको छ । त्यो तत्काल खारेज हुनुपर्छ’, उनले भने ।

यस्तै पार्टीका विभागलाई पूर्णता दिनुपर्नेमा पनि पौडेलले जोड दिएका छन् । यस्तै भ्रातृसंस्थाका सन्दर्भमा प्लेन कमिटी बनाउने भन्ने बहसका बीच पौडेलले आफ्नो अडान राखेका छन् । उनले विधानले व्यवस्था गरेअनुसार पूर्ण कमिटी ल्याउनु पर्नेमा जोड दिएका छन् ।

सोमबारदेखि सुरु भएको बैठकमा हालसम्म ४८ नेताले बोलेका छन् । बैठक बुधबार दिउँसो २ बजे पुनः बस्ने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077