Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इरानले रुसलाई सयौँ ड्रोन दिन लागेको अमेरिकाको खुलासा

एजेन्सी । इरानले रुसलाई सयौँ ड्रोन दिन लागेको अमेरिकाले आरोप लगाएको छ ।

रुसी सेनालाई ती ड्रोन प्रयोगको तालिम पनि दिने तयारी इरानले गरिरहेको राष्ट्रपति जो बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभानले बताए ।

रुस–युक्रेन युद्धमा ड्रोनले महत्वपूर्ण भूमिका खेल्दै आएको छ। गत साता मात्रै युक्रेनले सहयोगी मुलुकहरुलाई हजारौँ ड्रोन आपूर्ति गर्न आह्वान गरेको थियो।

दुवै पक्षले ड्रोनलाई दुश्मन बसेको ठाउँ पत्ता लगाउन र तोपगोला सही निसानामा प्रहार गर्न ड्रोनको प्रयोग गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077