Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हतियार खरिदको विरोध गर्दै युवा संघद्वारा काठमाडौंमा मसाल जुलुस प्रदर्शन

काठमाडौं । एमाले निकट राष्ट्रिय युवा संघ नेपालले सरकारविरुद्ध मसाल जुलस प्रदर्शन गरेको छ । हतियार खरिदको विरोध गर्दै संघका नेता कार्यकर्ताहरुले मंगलबार बानेश्वरमा मसाल जुलुस प्रदर्शन गरेका हुन् ।

किसानलाई सहजरुपमा मल उपलब्ध गराउन र हतियार खरिद प्रक्रिया रोक्नुपर्ने माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन्। नेपालमा बढ्दै गएको महँगी र जनसबालका मागहरु राख्दै युवा संघले प्रदर्शन गर्दै आएको छ ।

विरोध प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै युवासंघका अध्यक्ष किरण पौडेलले सरकारको जनघाती निर्णयविरुद्ध विरोध प्रदर्शनमा उत्रनु परेको बताए ।

उनले नेपालको अर्थतन्त्र कमजोर रहेको अवस्थामा कमिसनका लागि हतियार किन्ने सरकारले किसानलाई चाहिने मल किन्नतिर ध्यान नदिएको बताए । उनले हतियार किन्ने निर्णय नरोकिएसम्म निरन्तर आन्दोलन जारी राख्ने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077