Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

उपत्यकाका तीन जिल्लामा आजबाट अनलाइनबाट मतदाता नामावली संकलन हुँदै

काठमाडौं । निर्वाचन आयोगले काठमाडौं उपत्यकाका तीन जिल्लामा आजदेखि अनलाइनबाट मतदाता नामावली संकलन सुरु गरेको छ ।

फोटोसहितको मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्दै अनलाइनबाट नै फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने गरी तयारी गरिएको आयोगले जनाएको छ।

काठमाडौं उपत्यकाका तीन जिल्लाबाट सेवा थालिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन्। ‘आयोगले वेब बेस्ड भोटर लिस्ट प्रि रजिष्ट्रेसन सिस्टम तयार गरी पाइलट अप्रेसनेका रुपमा काठमाठौं उपत्यकाका ३ जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरबाट यही मिति २०७९ असार २९ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ,’ आयोगले विज्ञप्तिमार्फत् भनेको छ।

फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोग, नेपालको वेबसाइटमा गएर व्यक्तिगत विवरण भरि जिल्ला निर्वाचन कार्यालयमा अनलाइनबाटै पेस गर्न सक्ने बताइएको छ।

अनलाइन फाराममा उल्लिखित संकेत नम्बरसहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औंठा छाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा जानुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077