Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सार्वजनिक पदमा रहेका व्यक्ति एमालेको विभागमा रहँदैनन् : घनश्याम भूसाल

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भूसालले सार्वजनिक पद धारण गरेका व्यक्तिहरु पार्टी कमिटीमा रहने व्यवस्था नभएको बताएका छन् ।

गर्भनर महाप्रसाद अधिकारी एमालेको अर्थ तथा योजना विभागमा रहेको भन्ने प्रश्न उठेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा स्पष्टिकरण दिएका छन् ।

भूसाल प्रमुख रहेको उक्त विभागमा एम अधिकारी, खोटाङ सदस्य छन् । ती व्यक्ति गभर्नर महाप्रसाद अधिकारी हो वा होइन भन्ने प्रश्नको जवाफमा भूसालले लेखेका छन्, ‘स्वयं गभर्नर महाप्रसाद अधिकारीले कुनै पार्टी राजनीतिमा आफ्नो संलग्नता नरहेको र उक्त व्यक्ति पनि आफू नभएको स्पष्ट पारिसक्नुभएको छ ।’

भूसालले थप प्रष्टिकरणमा लेखेका छन्, ‘दोस्रो, हाम्रा कमिटी र विभागहरुमा त्यस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरु रहने वैधानिक व्यवस्था पनि नभएको कुरा जानकारी गराउन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077