Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्व बैंकले नेपाललाई खानेपानी सेवा सुधारका लागि १० अर्ब सहयोग गर्ने

काठमाडौं । नेपाललाई विश्व बैंकले १० अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको छ ।

बैंकले नेपालको खानेपानी तथा सरसफाई सेवा सुधारका लागि ८ करोड अमेरिकी डलर करिब १० अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको हो ।

बुधबार एक समारोहकाबीच नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रम खानेपानी क्षेत्र सुशासन तथा पूर्वाधार सहयोग आयोजना कर्णाली र सुदूरपश्चिम प्रदेशका रणनैतिक नगर र गाउँपालिकामा कार्यान्वयन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077