Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अबैध २० लाख नगदसहित दुईजना पक्राउ

    अबैध २० लाख नगदसहित दुईजना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २९ असार २०७९
  • 657
    SHARES

    फाइल तस्विर

    पर्सा । बीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट प्रहरीले २० लाख नगदसहित दुईजनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भारत बिहारस्थित रक्सौल घर भएका २८ वर्षीय सञ्जितकुमार र २४ वर्षका अनुराग मिश्र छन् ।



    बिआर–ओएसयु–३५०० नम्बरको मोटरसाइकलमा सवार आरोपीहरुको साथबाट बरामद नगदको स्रोत नखुलेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।



    प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको साथमा स्रोत नखुलेको नगद फेला परेको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार