Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मानव बेचबिखन तथा ओसारपसारमा संलग्न घिसिङ प्रहरी फन्दामा

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न घिसिङ प्रहरी फन्दामा

    अनलाइन नेपाल
  • बुधबार, २९ असार २०७९
  • 660
    SHARES

    फाइल तस्विर

    पर्सा । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    रामेछाप मन्थली नगरपालिका–१४ घर भएका ४२ वर्षीय बाबु घिसिङलाई जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो । वीरगन्ज महानगरपालिका–१६ बाट भारततर्फ जान लागेका घिसिङ र २२ वर्षीय युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।



    अनुसन्धानको क्रममा घिसिङले युवतीलाई भारतको कलकत्तास्थित अस्पतालमा मासिक ६० हजार रुपैयाँको काम लगाइदिने प्रलोभन देखाई वीरगन्ज बसपार्क ल्याएको खुलेको छ ।



    उनीमाथि मानव बेचबिखन तथा ओसारपसार कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार