Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कर्मचारीलाई मुक्का हानेको आरोपमा घिसिङ पक्राउ

    कर्मचारीलाई मुक्का हानेको आरोपमा घिसिङ पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २९ असार २०७९
  • 783
    SHARES

    काठमाडौं । सरकारी कर्मचारीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    धनकुटाको पाख्रिवास घर भइ हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ का ४८ वर्षीय सुवास घिसिङलाई प्रहरी बिट नयाँ बस्तीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।



    घिसिङले सोमबार नयाँबस्ती एभरेष्ट पम्पसँगै रहेको बागमती सभ्यता एकीकृत विकास समिति गुहेश्वरी फाँटका कर्मचारी बलराम श्रेष्ठलाई मुक्का हानेका थिए ।



    फोहोरको अनुगमन गर्ने क्रममा ठेकेदार समेत रहेका घिसिङले फोहोरको बिषयलाई लिएर विवाद गरेको मैनालीले बताए । घटनाबारे थप अनुसन्धानका लागि घिसिङलाई ज्यान मार्ने उद्योगमा तीन दिन म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार