Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गगन र विश्व प्रकाशलाई पार्टी कार्यालयमा बोल्न ढुंगानाको चुनौती

काठमाडौं । पार्टी प्यालेसमा नभएर पार्टी कार्यालयमा बोल्न नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगानाले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई चुनौती दिएका छन् ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगानाले विदेशमा बसेकालाई मताधिकारको व्यवस्था गर्नुपर्ने विषयमा पार्टीमा छलफल नै नगरी पार्टीका महामन्त्रीद्धय निर्वाचन आयोग गएकोमा आपत्ति जनाएका हुन्।

बुधबारको केन्द्रीय समिति बैठकमा आफ्नो धारण राख्दै ढुंगानाले उक्त विषय पहिला केन्द्रीय समितिमा छलफल हुनुपर्ने भएपनि छलफल नगरी दुई महामन्त्री निर्वाचन आयोग जानु मिल्दो नभएको बताए ।

उनले जुनसुकै निर्णय गर्दा पार्टी कार्यालयबाट गर्नुपर्ने भन्दै पार्टी प्यालेसमा गएर बोल्दैमा पार्टी नसुध्रने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077