Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मोबाइल चोरीमा संलग्न व्यक्तिबाट ८० राउन्ड गोली बरामद

    मोबाइल चोरीमा संलग्न व्यक्तिबाट ८० राउन्ड गोली बरामद

    अनलाइन नेपाल
  • बुधबार, २९ असार २०७९
  • 675
    SHARES

    झापा । मोबाइल चोरीमा संलग्न व्यक्तिबाट ८० राउन्ड गोली बरामद भएको छ।

    गोली बरामद भएपछि भद्रपुर नगरपालिका ५ का १८ वर्षीय मोहम्बद प्यारेलाई पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको हो । पुरानो भद्रपुरमा राजु अग्रवालले मोबाइल पसलबाट विभिन्न कम्पनीका मोबाइल चोरी गरेका थिए।



    चोरी गरेको भन्ने जाहेरी पाएपछि प्रहरीले उनको खोजी गरेको थियो। प्रहरीका अनुसार ५ लाख १८ हजार २ सय रुपैयाँ बराबरको सामान चोरी भएको भनी उजुरी परेको थियो।



    उनीबाट चोरिएका २९ थान मोबाइल, २ थान घडी र ६१ हजार ५०० रुपैयाँ नगद पनि फेला पारेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार