Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • १४ किलो गाँजासहित तीन महिला पक्राउ

    १४ किलो गाँजासहित तीन महिला पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २९ असार २०७९
  • 621
    SHARES

    फाइल तस्विर

    पर्सा। पर्साबाट गाँजासहित तीनजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

    वीरगञ्ज महानगरपालिका ३१ सलकपुरस्थित जितपुर–रङ्गपुर सडकखण्डबाट १४ किलो गाँजासहित तीन जनालाई प्रकाउ सशस्त्र प्रहरीले गरेको हो ।



    पक्राउ पर्नेमा सोही जिल्लाको बहुदरमाई नगरपालिका ८ बस्ने ३६ वर्षीया उस्मा देवी, ४२ वर्षिया आरती देवी र भारतमा घर बताउने ४२ वर्षीया अनन्त देवी छन् ।



    मनहवाबाट जीतपुरतर्फ आउँदै गरेको ना २ ह २२१० नम्बरको अटोलाई सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा गाँजा फेला पारेको हो । पक्राउ परेकाहरूलाई बरामद गाँजा र अटोसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सालाई बुझाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार