Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस बैठकमा पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूले बिहीबार जवाफ दिने

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पार्टीबाट प्रतिनिधित्व गर्ने विभागीय मन्त्रीहरूले सरकारले गरेको कामको विषयमा जवाफ दिने भएका छन् ।

बिहीबार बस्ने पार्टी केन्द्रीय समिति बैठकमा विभागीय मन्त्रीहरूले एक वर्षमा गरेका कामहरूको विषयमा जवाफ दिने केन्द्रीय सदस्य रामहरि खतिवडाले जानकारी दिए ।

पार्टीको आजको केन्द्रीय समिति बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको उपलब्धिहरू प्रस्तुत गरेका थिए । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बैठक बिहीबार समापन हुने सम्भावना रहेको बताए ।

सोमबार सुरु भएको बैठकमा डा. शेखर कोइराला पक्षका नेताहरुले सभापति शेरबहादुर देउवाको कार्यशैली र सरकारको आलोचना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077