Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

कांग्रेस बैठकमा गगन थापा र विश्वप्रकाश शर्माको चर्को आलोचना

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माविरुद्ध केन्द्रीय सदस्यहरुले चर्को आलोचना गरेका छन् ।

जारी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले लोकप्रिय हुन पार्टीको आलोचना गरेको भन्दै महामन्त्री थापा र शर्माको आलोचना गरेका हुन् ।

‘महामन्त्री कुनै गुटको भेलामा जानु भएन। उहाँ पार्टीको महामन्त्री हो त्यस्तै बन्न सक्नुपर्यो,’ केन्द्रीय सदस्य केशव बुढाथोकीले भने, ‘तपाईंहरुलाई भोलि बहिष्कार गर्नुपर्ने समय नआओस्।’

केन्द्रीय सदस्य राजीव ढुंगानाले पनि महामन्त्री हिजो उम्मेदवार बन्दा कुनै गुटको भए पनि अहिले पार्टीको महामन्त्री भएको भन्दै गुट भेला गर्नु उचित नभएको बताए।

‘महामन्त्रीलाई नै हामीले बहिष्कार गर्नुपर्ने होला। केटाकेटी जस्तो हुनुभएन। भोलि तपाईंहरुलाई बहिष्कार गर्ने बेला नआओस्,’ उनको भनाइ थियो । महामन्त्रीद्वयमाथि लोकप्रिय हुन पार्टीको आलोचना गरेको र महामन्त्री भएर गुटको बैठकमा सहभागी भएको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077