Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जागिरे जीवनलाई धिक्कार्दै सचिव बुर्लाकोटी - थुइक्क जागिर न छोड्न सकिने न तोकिएको काम गर्न सकिने

काठमाडौं । नेपाल सरकारका सचिव मधुसुदन बुर्लाकोटीले सरकारी निकायप्रति असन्तुष्टि जनाउँदै आफ्नो जागिरे जीवनलाई धिक्कारेका छन्।

बुर्लाकोटीले अर्थ मन्त्रालयमा बजेट माग्दा जाँदा सबै पैसा निकालेर आफ्नो निजी काममा खर्च गर्ला जस्तो गर्ने गरेको तितो अनुभव शेयर गरेका हुन्।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, अर्थमा बजेट माग्दा सबै पैसा निकालेर बाउको लगौंटी, आमा र बुढीको धोती र बच्चाको नाना किन्ला जस्तो गर्छन्। थुइक्क जागिर न छोड्न सकिने न राम्ररी तोकिएको काम गर्न सकिने। जय होस्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव बुर्लाकोटीले अर्थले भनेजति बजेट नदिएको र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आवश्यक पर्ने कर्मचारी उपलब्ध नगराउँदा काम गर्न समस्या भएको संकेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077