Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • श्रीलंका : कब्जा गरिएका सरकारी निवास छाड्न प्रदर्शनकारीहरू तयार

    श्रीलंका : कब्जा गरिएका सरकारी निवास छाड्न प्रदर्शनकारीहरू तयार

    अनलाइन नेपाल
  • बिहिबार, ३० असार २०७९
  • 768
    SHARES

    श्रीलंकाको राष्ट्रपति, प्रधानमन्त्रीलगायतका सरकारी निवास प्रदर्शनकारीहरूले छाड्ने भएका छन्।

    बिहीबार पत्रकार सम्मेलन गर्दै आफूहरूले राष्ट्रपति निवास, प्रधानमन्त्री रनिल विक्रमासिंघेको आवास, प्रधानमन्त्री कार्यालय छाड्ने घोषणा गरेका हुन्।



    उनीहरूले शान्‍तिपूर्ण प्रदर्शनलाई भने नरोक्ने बताएका छन्। संघर्षलाई निरन्तरता दिन उनीहरूले पूरानो संसद भवन र गाल्ले फेस ग्रिन पार्क नछाड्ने बताएका छन्।



    आफ्ना मागहरू पूरा नभएसम्म शान्तिपूर्ण तरिकाले प्रदर्शन जारी नै राख्ने उनीहरूले बताएका छन्। यता सरकारले कोलोम्बोमा आज दिउँसो १२ बजेदेखि भोलि बिहानसम्म कर्फ्यु जारी गरेको छ।

    पछिल्ला केही महिनायता श्रीलंकामा आर्थिक संकट छ। नेताहरूले त्यस संकटबाट देशलाई उकास्न नसकेको भन्दै आजित भएका जनताले प्रदर्शन गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार