Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हात्तीको दाह्रा ओसारपसारमा संलग्न रमेश राई प्रहरी फन्दामा

काठमाडौं । हात्तीको दाह्रा बेचबिखन गरेको आरोपमा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले इलाम, जितपुरसिमरा उपमहानगरपालिका-१ घर भई झापा अर्जुनधारा नगरपालिका-३ खुदुनावारी बस्ने २५ वर्षीय रमेश राईलाई झापाको खुदुनावारीबाट पक्राउ गरिएको हो ।

गत फागुन २७ गते काठमाडौं चक्रपथस्थित होटेल ओदानबाट केन्द्रीय अनुसन्धान ब्युरोबाट गएको टोलीले हात्तीको दाह्रा आखेटोपहार १५.६८ किलो अवैधरूपमा ओसारपसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा भक्ति कुमार लिम्बू, अशोक कार्की र रमेश सुवेदीलाई उक्त आखेटोपहारसहित पक्राउ गरेको थियो ।

सो सूचनाको आधारमा खटिएको सिआइबीको टोलीले तीन जनालाई पक्राउ गरेको थियो। सोही घटनामा रमेश राईको समेत संलग्नता देखिएको थियो । पक्राउ परेका राईलाई झापाबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय, हात्तीसार, काठमाडौं पठाइएको सिआइबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077