Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

खेलकुद समितिको करोडौं रकम अनियमितता, तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । जिल्ला खेलकुद विकास समिति सप्तरीका तत्कालीन अध्यक्ष एजेट न्यासुर सहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खेलकुद विकास समिति सप्तरीका तत्कालीन अध्यक्ष एजेट न्यासुर, तत्कालीन उपाध्यक्ष धिरेन्द्र बर्मा, तत्कालीन कार्यालय प्रमुख महेन्द्र प्रशाद यादव, तत्कालीन कार्यालय प्रमुख लक्ष्मण मण्डल, तत्कालीन इन्जिनियर बिकाश श्रेष्ठ, उदय निमार्ण सेवाका सञ्चालक उदय श्रेष्ठ र न्यू गहिल कन्ट्रक्सनका सञ्चालक भिमराज यादव विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

राजविराज नगरपालिकास्थित राजरङ्गशाला खेलमैदान स्तरोन्नति कार्यको लागि आर्थिक बर्ष २०७३/०७४ मा विनियोजन भएको बजेट अनियमितता गरेको अभियोगमा उनीहरुलाई आयोगले बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

आयोगल अध्यक्ष न्यासुरलाई १३ लाख २७ हजार, बर्मालाई २ लाख, महेन्द्र यादवलाई ७ लाख ५७ हजार, लक्ष्मण मण्डललाई ५ लाख ६९ हजार, बिकाश श्रेष्ठलाई १३ लाख २७ हजार, उदय श्रेष्ठलाई १० लाख ६३ हजार र भिमराज यादवलाई २ लाख ४७ हजार बिगो माग दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077