Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

विदेशी बुहारी आउने वित्तिकै नागरिकता दिने देश देखाउन सरकारलाई एमालेको चुनौती

काठमाडौं । नेकपा एमालेले वैवाहिक अंगीकृत नागरिकता प्रावधान सच्चाउन माग गरेको छ।

सरकारले संसदमा प्रस्तुत गरेको नागरिकता संशोधन विधेयकमाथिको छलफलमा भाग लिँदै एमाले सांसदहरुले विदेशी बुहारीलाई विहे गरेर आउने वित्तिकै नागरिकता दिने प्रावधान संशोधन गर्न माग गरेका हुन्।

सांसद कृष्णभक्त पोखरेलले विदेशी बुहारीलाई आउने वित्तिकै नागरिकता दिने प्रचलन विश्वका कुनै देशमा नभएको जिकिर गरे।

उनले विधेयक प्रस्तुत गरेका गृहमन्त्री बालकृष्ण खाणलाई विदेशी बुहारी आउने वित्तिकै नागरिकता दिने एउटा पनि देश देखाउन चुनौती दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077