Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

काँग्रेसको केन्द्रीय समितिको अर्को बैठक शनिबार बस्ने

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा सदस्यहरुले बोल्ने क्रम जारी रहेको छ । सोमबारदेखि सुरु भएको बैठकमा नेताहरुले बोल्ने क्रम नसकिएकाले अर्को बैठक शनिबारका लागि तय गरिएको छ ।

काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले अर्को बैठक शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने जानकारी दिए ।

आजको बैठकमा केन्द्रीय सदस्यहरु गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, सुनिलबहादुर थापा, बलबहादुर केसी, डा नारायण खड्का, अम्बिका बस्नेत, सुरेन्द्रराज पाण्डे, मिनाक्षी झा, सुजाता परियार, चिनकाजी श्रेष्ठ, ध्यानगोविन्द रञ्जित, रमा कोइराला (पौडेल), अर्जुनजंगबहादुर सिंह, उमेश श्रेष्ठ, मञ्जुकुमारी यादव, जानकी सिंह, सुशीला भट्ट मिश्र, गंगालक्ष्मी अवाल, सीताकुमारी राना र सुशीला ढकाल (आचार्य) ले आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077