Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

सानो भर्‍याङ यातायात व्यवस्था कार्यालयबाट ६ जना विचौलिया पक्राउ

काठमाडौं । यातायात व्यवस्था कार्यालयबाट ६ जना विचौलिया पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१५ मा रहेको सानो भर्‍याङस्थित यातायात व्यवस्था कार्यालयबाट ६ जना विचौलिया पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–२ घर भइ हाल काठमाडौं महानगरपालिका–४ बस्दै आएका २४ वर्षीय अजय मगर, रौतहटको चन्द्रपुर नगरपालिका–१ घर भइ काठमाडौं महानगरपालिका–४ बाँफल बस्ने ३३ वर्षीय विश्वबल्लभ लामा र २४ वर्षीय सुवास योन्जन लामा रहेका छन् ।

यस्तै उदयपुरको उदयपुरगढी नगरपालिका–२ घर भइ हाल काठमाडौं–१५ स्वयम्भू बस्ने सुरज भन्ने वीरबहादुर मगर, झापा मेचीनगर नगरपालिका–३ घर भइ हाल काठमाडौं–३२ पेप्सीकोला बस्ने २४ वर्षीय विशाल उप्रेती र सर्लाही परवानीपुर नगरपालिका–१६ घर भइ हाल काठमाडौं– ४ सीतापाईला बस्ने २४ वर्षीय बिमल पुलामी पनि पक्राउ परेका छन् ।

सेवाग्राहीबाट बढी रकम असुल गरी दुःख दिएको सूचना प्राप्त भएपछि प्रहरी बृत्त स्वयम्भूबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

कार्यालयमा सेवा लिन आएका सेवाग्राहीलाई बिना इजाजत सेवा लिने/दिने कार्यमा बाधा पुर्‍याइ लाग्ने दस्तुरभन्दा बढी दस्तुर लिन खाजी छिटो काम गराइदिने भन्दै सेवाग्राही तानातान गरेर दुःख दिएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुमाथि जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट ७ दिनको म्याद थप अनुमति लिई प्रहरी बृत्त स्वयम्भूबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077