काठमाडौं । देशका केही स्थानहरूमा आज हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव छ । अहिले देशभर आंशिकदेखि सामान्यतः बदली छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्यता बदली रहनेछ । पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार राति पहाडी भूभागमा आंशिकदेखि सामान्यता बदली रहनेछ । बाँकी भूभागमा आंशिकदेखि मौसम सामान्यतः सफा रहनेछ ।
प्रदेश नम्बर–१, मधेस प्रदेश र वाग्मती प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले वर्षाको सम्भावना रहेको भन्दै पहाडी भूभागम भूक्षय, पहिरो र गेग्रान बहावको जोखिम रहने जनाएको छ। त्यसैले नदी र खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।