काठमाडौं । नयाँ दल नेपाल गाँजा पार्टी निर्वाचन आयोगमा दर्ता हुने भएको छ ।
दल दर्ताका लागि पार्टीको विधान लेख्ने काम भइरहेको नेपाल गाँजा वैधानिक महाअभियानका राष्ट्रिय संयोजक जोसेफ मदन कोइरालाले बताए ।
पार्टीको लागि २१ जना कार्यसमिति तयार रहेको र राजनीतिक बुझेको, नेतृत्व गर्ने क्षमता भएको अध्यक्षको खोजी भइरहेको कोइरालाले बताए ।
नेपाल गाँजा वैधानिक महाअभियान अन्तर्गत सामाजिक सञ्जालमा ५ लाख सदस्य रहेको र ५० हजार जुनसुकै बेला सम्पर्कमा रहने सदस्यहरु रहेको उनले बताए ।