Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

दिल्ली उड्नु अघि प्रचण्डले भने-छिट्टै मेरो चीन भ्रमण पनि हुन्छ

काठमाडौं । तीन दिने भ्रमणका लागि भारत प्रस्थान गर्नुअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै चीनको भ्रमणमा पनि जाने बताएका छन् ।

शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग उनले छिट्टै चीन भ्रमणमा पनि जाने बताएका हुन् ।

प्रचण्डले नेपालमा भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान छाओ आफूलाई चीन भ्रमणको निम्तो दिएको जानकारी दिए ।

उनले यसअघि भारतीय राजदूतसँग कुरा हुँदा उपयुक्त समयमा भारत भ्रमण हुने बताएको जस्तै अहिले पनि चीनसँग कुरा भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077