Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सरकारको एक वर्ष समयको बर्बादी मात्र भएको एमालेको टिप्पणी

    सरकारको एक वर्ष समयको बर्बादी मात्र भएको एमालेको टिप्पणी

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ असार २०७९
  • 807
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारको एक वर्ष समयको बर्बादी मात्र गरेको टिप्पणी गरेको छ ।

    शेरबहादुर देउवा नेतृत्वको सरकारको एक वर्षे कार्यकालबारे पार्टीको धारणा सार्वजनिक गर्दै एमालेले भनेको छ, ‘सरकारको नीति तथा कार्यक्रम, बजेट, संसदमा प्रधानमन्त्रीले गरेको सम्बोधन र नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनलाई हेर्दा यो सरकारले एक वर्ष समयको बर्बादीमा मात्र गरेको छ ।’



    संविधानको रक्षा र कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीय प्रणालीको सुदृढीकरण, जनजीविका र राष्ट्रियताको सवाल, अन्तर्राष्ट्रिय सम्बन्ध, सुशान र भ्रष्टाचार नियन्त्रणमा सरकार असफल भएको एमालेको निष्कर्ष छ ।



    ‘संविधानमा उल्लेख गरिएको स्वास्थ्य र शिक्षा जस्तो मौलिक हकको कार्यान्वयन गरी समाजवादको आधार तय गर्ने सवालमा त सरकारले छेउ टुप्पो नै फेला पार्न समेत सकेको छैन,’ एमाले सचिव योगेश भट्टराईले भनेका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार