Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

दिल्लीमा प्रचण्डलाई भाजपाका विदेश विभाग प्रमुखद्वारा स्वागत

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा तीन दिने भ्रमणका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' भारतको नयाँ दिल्ली पुगेका छन् ।

प्रचण्ड भ्रमणको सिलसिलामा शुक्रबार अपराह्न दिल्ली पुगेका हुन् ।

प्रचण्डलाई इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका छन् ।

प्रचण्डको स्वागतमा भारतस्थित नेपाली राजदूत शंकर शर्मा, भारत सरकारका उच्च अधिकारीहरु र नेपाली समुदायका प्रतिनिधिको पनि उपस्थिति थियो। प्रचण्ड भारत भ्रमण पुरा गरी साउन १ गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077