Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

प्रचण्डको दिल्ली कार्यसूची : मोदीसँग ब्रेकफास्टसँगै भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने भएका छन् ।

शुक्रबार नयाँ दिल्ली पुगेका प्रचण्डले आइतबार प्रधानमन्त्री निवास सेभेन रेसकोर्समा ब्रेकफास्टसँगै मोदीसँग भेटवार्ता हुने बताइएको छ।

प्रचण्डले आइतबार भाजपा मुख्यालय भ्रमण गर्ने र भाजपा अध्यक्ष जे पी नड्डासँगको भेटघाट र भाजपा अध्यक्ष द्वारा आयोजित दिवाभोजमा सहभागी हुने तय भएको छ ।

शनिबार उनले भारतीय विदेश मन्त्री डा.एस जयशंकर भारतका राष्ट्रीय सुरक्षा सल्लाहकार अजीत डोभाल, विदेश सचिव विनय मोहन क्वात्रासँग छुट्टा छुट्टै भेट्ने तय भएको छ । आइतबार साँझ स्वदेश फर्किने प्रचण्डको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077