Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • श्रीलंकाका प्रधानमन्त्रीले विक्रमासिंघले लिए अन्तरिम राष्ट्रपतिको शपथ

    श्रीलंकाका प्रधानमन्त्रीले विक्रमासिंघले लिए अन्तरिम राष्ट्रपतिको शपथ

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ असार २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । भूतपूर्व राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा संसदका सभामुख महिन्दा यापा अबेवर्देनाले स्वीकृत गरेपछि श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले शुक्रबार अन्तरिम राष्ट्रपतिको रूपमा शपथ लिएका छन् ।

    विक्रमासिंघेले प्रधानन्यायाधीश जयन्थ जयसूर्यासमक्ष कार्यबाहक राष्ट्रपतिको शपथ लिएका छन् ।



    श्रीलंकामा देशैभरि वृहत् विरोध प्रदर्शन भइरहँदा शुक्रबार सभामुख महिन्दा यापा अबयवार्देनाले गोटाबाया राजपाक्षेले राष्ट्रपतिको रुपमा दिएको राजीनामा स्वीकृत भएको बताएका थिए ।



    औपचारिक रूपमा राष्ट्रपति पद छाडेर सिङ्गापुर पुगेका गोटाबाया राजापाक्षेले हिजो राजीनामा पत्र बुझाएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार