Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बम काण्डमा सफाइ पाएका सिख व्यापारीको हत्या

एजेन्सी । सन् १९८५ मा एयर इन्डियाको उडानमा बम विस्फोट गराएको अभियोगमा सफाइ पाएका एकजना पुरुषलाई क्यानडामा गोली हानी हत्या गरिएको छ ।

रिपुदामन सिंह मलिकलाई योजनाबद्ध तरिकाले हत्या गरेको प्रहरीले आशंका गरेको छ । ब्रिटिस कोलम्बियाको सर्रीमा आफ्नै कारभित्र गोली हानी हत्या गरिएका उनलाई कार नजिकै जलाइएको अवस्थामा फेला पारिएको थियो ।

विमानमा सवार ३२९ जना मानिसको ज्यान जाने गरी गराइएको बम विस्फोटमा मलिकले आफ्नो हात नरहेको अडान लिँदै आएका थिए ।

उनलाई सन् २००५ मा उक्त अभियोगमा सफाइ दिइएको थियो । तर, प्रहरीलाई अनुसन्धानमा गोलमाल गरेको आरोप लागेको थियो ।

सन् १९८४ मा सिखहरूको पवित्र धार्मिक स्थल ‘स्वर्ण मन्दिर’मा तत्कालीन भारत सरकारले फौज प्रवेश गराएको बदला स्वरूप क्यानडास्थित सिख समुदायले विमानमा बम विस्फोट गराइएको हुनुपर्ने विश्वास गरिन्छ । यसलाई क्यानडाको अहिले सम्मकै सबैभन्दा भयावह आतंककारी घटनाको रूपमा सम्झिने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077