Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

पोटा कानुनको विषयमा भारत सरकारसँग छलफल गर्छु : प्रचण्ड

काठमाडौं । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पोटा कानुनको विषयमा भारत सरकारसँग छलफल गर्ने बताएका छन्।

प्रचण्डले नेपाली क्रान्तिमा प्रवासी नेपालीको भूमिका उच्च रहेकोे बताउँदै पोटा कानुन लगायतका विषयमा भारत सरकारसँग कुरा गर्ने बताएका हुन् ।

नेपाली दूतावासमा राजदूत शंकर शर्मासँगको भेटवार्तापछि प्रतिनिधिले अखिल भारत नेपाली एकता मञ्चलाई लगाएको पोटा कानुन खारेज गर्नुपर्ने विदेशमा बस्ने नेपालीलाई मताधिकारको व्यवस्था हुनुपर्ने र प्रवासी नेपालीलाई नेपाल सरकारले विभेदपूर्ण व्यवहार गर्न नहुने लगायतका विषय राखेका थिए।

भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयी नेतृत्वको सरकारले भारतमा पोटा कानुन ल्याएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077