Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

दिल्लीमा प्रचण्ड र आरजूबीच भेट

काठमाडौं । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजू देउवाबीच भेटवार्ता भएको छ।

उपचारका लागि दिल्लीमा रहेकी आरजू र प्रचण्डबीच शनिबार बिहान भेटवार्ता भएको हो। भेटको क्रममा नेपाली राजदूत शंकर शर्मा र प्रचण्ड पुत्री गंगा दाहालसमेत सहभागी थिए।

प्रचण्डले आजै भारतीय बिदेश मन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाललगायतसँग भेटवार्ता गर्दैछन ।

दिल्लीमा प्रचण्ड र आरजूको भेटलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लज्जास्पद दृष्य भएको टिप्पणी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077